site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
गान्धीराज काफ्लेको ‘सुस्वास्थ्य’ सार्वजनिक

काठमाडौं । पत्रकार तथा लेखक गान्धीराज काफ्लेको छैठौँ पुस्तक ‘सुस्वास्थ्य’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । 

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, डा. तुलसी भट्टराई, शंकरप्रसाद कोइराला, प्रा.डा. ज्ञानू पाण्डे, प्रा.डा. बालकृष्ण माबुहाङलगायतले पुस्तक सार्वजनिक गरे ।

Dabur Nepal
NIC Asia

पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथि प्रा.डा. भट्टराईले साहित्यमा स्वास्थ्य समेटिनुले साहित्यको आयाम अझै फराकिलो र व्यापक हुँदै गइरहेको बताए । डा. भट्टराईले समाजमा प्रतिष्ठा कमाइसकेका व्यक्तित्वको स्वास्थ्यलाई जोडेर लेखिएको यो कृति हरेक मानिसका लागि प्रेरक भएको उल्लेख गरे ।

कृतिमाथि पाठकीय टिप्पणी राख्दै प्रा.डा. पाण्डेले स्वास्थ्यका सम्बन्धमा हरेक मानिस समयमै जागरुक हुनुपर्छ भन्ने सन्देश यस पुस्तकले दिएको बताइन् । 

अर्का टिप्पणीकार प्रा.डा. माबुहाङले पुस्तकले स्वास्थ्यलाई साहित्यसँग जोड्ने काम गरेको बताए । 

साहित्यकार शंकरप्रसाद कोइरालाले कृतिकारसँग सम्बन्धको चर्चा गर्दै उनको यस पुस्तकले पाठकलाई महत्त्वपूर्ण खुराक दिएको चर्चा गरे ।

कार्यक्रममा डा. तुलसीप्रसाद भट्टराई, प्रा.डा. कुमारप्रसाद कोइराला, लेखक गान्धीराज काफ्ले र हरि गौतमले किताबबारे बोले । 

पुस्तक ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro