site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ताप्लेजुङका घाइतेको त्रिवि शिक्षण अस्पतालमा सफल शल्यक्रिया

काठमाडौं । ‘नो केबलकार’ आन्दोलनका क्रममा ताप्लेजुङमा झडप हुँदा घाइते भएकाहरूको त्रिवि शिक्षण अस्पतालमा सफल शल्यक्रिया भएको छ । 

घाइतेमध्ये याम लिम्बूको तिघ्रामा गोली लागेको छ भने सगुन लावतीको छातीमा गोली लाग्दा फोक्सोमा रगत जमेको छ भने धर्मान पालुङ्वा को दाहिने कुम भाँचिएको आन्दोलनकारीले जानकारी दिएका छन् । गोली लागेर गम्भीर घाइते भएका दुईजनाको आइतबार साँझ शल्यक्रिया गरिएको थियो । 

उनीहरू अहिले अस्पतालको हाडजोर्नी वार्डमा स्वास्थ्यलाभ गरिरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । शल्यक्रिया गरिएका दुईजनाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ । 

तीनजना घाइतेमध्ये अर्का एक घाइतेको भने मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको अस्पतालले जनाएको छ । 

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच शनिबार झडप भएको थियो । 

स्थानीय बलुडाँडामा भएको झडपका क्रममा केही संख्यामा प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro