site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोपी उप्रेतीको कविताकृतिमाथि छलफल
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रा.डा. गोपी उप्रेतीको कविताकृति ‘प्रकृत्या सह जीवनम्’माथि परिचर्चा सम्पन्न भएको छ ।

साहित्यिक पत्रकार संघले आइतबार आयोजना गरेको परिचर्चामा मूल वक्ता साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले उप्रेतीको पर्या कविताहरूको यो संग्रहमा विज्ञान, दर्शन र बुद्ध दर्शनको बाहुल्यता रहेको बताए । 

उनले नेपाली साहित्यमा अन्तरविषय मौलाउँदै गएकोमा खुसी व्यक्त गर्दै नयाँ पुस्तालाई नयाँ बाटो देखाउने कविताहरू यसमा रहेको बताए । 

उक्त अवसरमा साहित्यकारहरू कृष्ण बाउसे, डा. दामोदर पुडासैनी ‘किशोर’, मञ्जिला अनिलले कृतिमाथि पाठकीय टिप्पणी गरे । 

कार्यक्रममा राधेश्याम लेकाली, मदनदास श्रेष्ठ, कृतिकार डा. उप्रेती र प्रा.डा. सुरेन्द्र केसीले बोलेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ०७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro