site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाथीभरा क्षेत्रमा केबलकार निर्माण अविलम्ब बन्द गर्न जसपा नेपालकाे माग

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले ताप्लेजुङ, पाथीभरा क्षेत्रमा जारी ‘नो केबलकार आन्दोलन’का क्रममा आन्दोलनकारीमाथि गोली प्रहार भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

‘‘शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेरै गोली प्रहार गरिएको यो घटना अत्यन्त निन्दनीय तथा भर्त्सनायोग्य छ,’’ प्रवक्ता मनीष सुमनद्वारा  जारी विज्ञप्तिमा भनिएको छ, ‘‘जसपा, नेपाल आन्दोलनकारीको मागअनुरूप उक्त क्षेत्रमा केबलकार निर्माण कार्य अविलम्ब बन्द गरी आन्दोलनकारीमाथिको प्रहरी दमन तत्काल रोक्न माग गर्दछ।’'

स्थानीयवासीको भाषा, धर्म, अधिकार तथा पहिचान मेटिने भन्दै पहिचान पक्षधरद्वारा जारी आन्दोलनमा प्रहरीद्वारा अन्धाधुन्द गोली चलाउँदा यमबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा लगायत दर्जनौँ प्रदर्शनकारी गम्भीर घाइते भएको जनता समाजवादी पार्टी, नेपालले जनाएको छ । 

जसपा, नेपालले घाइते आन्दोलनकारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबै घाइते आन्दोलनकारीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro