site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापामा कौडा खेलिरहेका सातजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडैं । झापामा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–१० का ३८ वर्षीय विकास राईसहितका व्यक्तिहरू छन् ।

दमक–१०, सेतुमारीस्थित खेतमा रहेको गोठमा कौडा खेलिरहेको अवस्थामा गए राति (शनिबार) उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद एक लाख ७६ हजार ४९० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दाङमा तास खेलिरहेका ६ जना पक्राउ
उता, दाङमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपलिका–८, नयाँबस्तीका झुपराज घर्तीमगरसहितका व्यक्तिहरू छन् ।

झुपराजको घरमा जुवातास खेलिरहेको अवस्थामा शनिबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ५३ हजार ९८० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro