site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रिय गौरवका आयोजनाबारे सांसद र विज्ञसित छलफल 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को अर्थ तथा योजना विभागले पूर्वाधार र सुशासनका विषयमा सांसद र विज्ञसित छलफल गर्दै छ । आइतबार राजधानीमा जारी छलफलमा पार्टीका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य, नेतालगायत व्यक्ति सहभागी छन् ।

राष्ट्रिय गौरवका आयोजना र विकासमा हुने भ्रष्टाचार नियन्त्रणमा खेल्नुपर्ने भूमिकाबारे पार्टीको संस्थागत धारणा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विभाग प्रमुख एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले बताए ।

प्रमुख प्रतिपक्षका हैसियतमा संघीय संसद्का दुवै सदनमा आयोजनाको अवस्था र सरकारका गलत काम–कारबाहीबारे बोल्न सांसदहरूलाई कार्यक्रमले सहयोग पुग्ने विश्वास लिइएको पुनले उल्लेख गरे ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro