site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफ च्याम्पियन
तस्बिर : क्यान ।

कैलाली । धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि नौ विकेटको जित निकाल्दै एपीएफले उपाधि उचालेको हो ।

योसँगै एपीएफले लगातार दोस्रोपटक उपाधि जितेको छ । उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ पुरस्कार पायो । सुदूरपश्चिम उपविजेता हुँदै तीन लाख रुपैयाँ हात पार्‍यो ।

६८ रनको विजयी लक्ष्य एपीएफले १२.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । एपीएफका ममता चौधरीले अविजित ४३, कप्तान इन्दु बर्माले नटआउट १८ रन जोडिन् ।

यसअघि, फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १८.१ ओभरमा ६७ रनमा समेटिएको थियो । ममता बोहराले १८ र कप्तान विन्दु रावलले १७ बाहेक अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ एपीएफका कविता जोशीले तीन, कप्तान इन्दु बर्मा र सवनम राईले दुई/दुई विकेट हात पारे । कविता ‘प्लेयर अफ द म्याच’ चुनिइन् ।

प्रतियोगिताभर व्यक्तिगत १७२ रन र पाँच विकेट लिएकी एपीएफकी कप्तान बर्मा ‘प्लेयर अफ द सिरिज’ भइन् ।

एपीएफका निम्ति २०९ रन बनाएकी ममता चौधरी ‘वेस्ट ब्याटर’ र वाग्मती प्रदेशका लागि १० विकेट लिएकी मनीषा उपाध्याय ‘बेस्ट बलर’ घोषित भए । प्लेयर अफ द सिरिजले ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरले २५/२५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

यही माघ १ गतेदेखि सुरु प्रतियोगितामा १२ टोलीको सहभागिता थियो । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमानुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो ।

फाइनल खेलपछि आयोजित समारोहमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंह, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीसहित खेलाडीको उपस्थिति थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro