साहित्य
पीडाहरूले जलेर पनि
छालहरूमा बगेर पनि
विश्वासको पहाडमा उभिएर
आस्थाको सगरमाथालाई चुमेर
मान्छेहरूको भीडमा
थिचिँदै र किचिँदै भए पनि
हाँसीहाँसी बाँच्न सकौँ
जीवनयात्राको नदीमा
फोहोरहरूलाई सङ्ल्याउँदै
रङविहीन पानीझैँ बहेर पनि
वरिपरि इन्द्रेणी छर्न सकौँ
सायद यही जीवनको रङ हो ।
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१ १३:३८
प्रतिक्रिया दिनुहोस्