site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाको केन्द्रीय समिति बैठक सुरु
तस्बिर : विमल बिष्ट

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

आज शनिबार पर्साको वीरगन्जस्थित पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक प्रारम्भ भएको सो पार्टीका उप–महासचिव एवं संघीय खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिएका छन् । 

Argakhachi Cement Island Ad

बैठकमा विभिन्न राजनीतिक, संगठनात्मक तथा समसामयिक विषयमा गहन छलफल हुने र पार्टीको भावी रणनीति र मधेसका मुद्दासम्बन्धी विषयमा विशेष ध्यान दिइने उनले बताए । 

बैठकमा केन्द्रीय अध्यक्ष अशोककुमार राई, संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष नवलकिशोर साह सुडी, उपाध्यक्ष सुशीला श्रेष्ठ, उपाध्यक्ष रनध्वजकन्दनवा लिम्बू, महासचिव मोहम्मद इश्तियाक राई, उपमहासचिव प्रदीप यादव, सचिव वीरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झालगायत सहभागी छन् । 

बैठक आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुने जनता समाजवादी पार्टी (जसपा)ले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्