site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मणि हराएको म 

छोडिएको म 
नियालिरहेकी होउली
यतै कतै तुलना गर्दै होउली
बेवारिसे योजना सम्झँदै होउली । 

बर्बादीको एक प्रमुख पात्र
मेरो जीवनमा आयौ
बर्बाद गरेर गयौ ।

योजनाका पाइला चाल्दै’थेँ
त्यसैमा आयो अवरोध
रोकिए पाइला
उजाडियो जीवन 

हुन त म पनि मूर्खै हुँ 
उर्वर हुँदै गरेको जीवनमा 
मणि लुटेरा प्रवेश गराएँ
पछुतो लाग्छ, संघर्ष भुलेर 
तिमीमा जीवन खोज्न थालेँ 
लुटपुटिएर तिमीमा
मणि लुटिएको पत्तै पाइनँ 
मणि हराएको म 
बाँच्न विवश छु 
कुनै दिन जवाफ दिनेछु ।

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १०:११
प्रतिक्रिया दिनुहोस्