site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई घण्टामै विभागबाट हटाइए केसी

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश समन्वय विभागको सदस्य मनोनीत भएको दुई घण्टाभित्रै कास्की कांग्रेसका निवर्तमान सभापति कृष्णबहादुर केसीलाई हटाइएका छन् । बुधबार मात्रै कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश समन्वय विभागका सदस्य थप गरेका थिए । केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको प्रदेश समन्वय विभागमा बुधबार १० सदस्य मनोनीत भएका थिए ।

कास्कीका कृष्णबहादुर के.सी. नवलपुरकी सुमीत्रा खनाल, चितवनका विजय भुसाल, नवलपरासीका राधेश्याम पाठक, सुनसरीका ब्रह्मप्रकाश रौनियार, धनुषाका मेघनाथ यादव, कैलालीका झनकराज तिमिल्सिना, कालिकोटका भीमबहादुर शाही, काभ्रेपलाञ्चोकका जीतबहादुर लामा र नवलपुरका सन्तोष कोइराला (परियार) विभागको सदस्यमा थपिएका थिए ।

तर, केहीबेरमा नै कांग्रेसले परिमार्जित प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा राख्यो । जहाँ केसीको नाम थिएन । सुरुमा १० सदस्य थपिँदा केसीको नाम हटाइएको प्रेस विज्ञप्ति मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरे ।

यता केसीका शुभेच्छुकहरूले सामाजिक सञ्जालमा बधाई दिनमै भ्याइनभ्याई थियो । केसीको नाम हटाइएकोबारे अनजान शुभेच्छुकहरूले चाहिँ बिहीबारसम्म बधाई ज्ञापन गर्दै थिए ।

केहीले शुभकामना दिइरहँदा कास्की कांग्रेसका केही कार्यकर्ताचाहिँ दुई घण्टामा नै उनको नाम किन हट्यो भनेर जिज्ञासा गर्दै थिए ।

केसीलाई नाम मात्र हटाउनुको कारण शुभेच्छुक नेता कार्यकर्ताहरूले प्रश्न राख्न थाले । केसीलाई दुई घण्टामा नै सदस्यबाट हटाइनुमा २०७९ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन जोडिन आउँछ ।

त्यतिबेला कास्की–१ बाट प्रतिनिधिसभा सदस्यको उमेदवार आकांक्षी थिए, केसी । तर, टिकट चाहिँ वर्तमान सभापति किशोरदत्त बरालले पाए । प्रदेशसभामा दीपक गुरुङ (माइला) कांग्रेसबाट उमेदवार बनेका थिए ।

तत्कालीन कांग्रेस–माओवादीसहितको गठबन्धन भएका कारण चुनाव जितिन्छ भन्नेमा कास्की कांग्रेस सभापति बराल ढुक्क थिए । उनले अन्य दलहरूलाई पनि यही ब्रिफिङ गरे । तर, कास्की–१ को निर्वाचन मतपरिणामले भने त्यो पुष्टि गरेन । एमालेका उमेदवार मनबहादुर गुरुङसँग बराल पराजित भए ।

तर, जसै मतपरिणाम सार्वजनिक भयो, एउटा अडियो पनि बाहिरियो, जहाँ उनै निवर्तमान सभापति केसीको संवाद थियो । अन्तर्घात भएको र आफ्नै उमेदवारलाई हराउनुपर्छ भनेर जिल्लाका पूर्वपदाधिकारी नै लागेको भन्दै कांग्रेसका कार्यकर्ताहरू नाराबाजीमा उत्रिए ।

पोखरा–१३, बाँझापाटनमा अन्तर्घात गरेको भन्दै पूर्वसभापति केसीको घरबाहिर नाराबाजी समेत भयो । आफूले टिकट नपाएपछि केसी बराललाई हराउन सक्रिय भएर लागेको आरोप कांग्रेसका कार्यकर्ताहरूले लगाएका थिए ।

उनको विरुद्ध सामाजिक सञ्जालमा पनि आक्रोश देखिएको थियो । केसीले नै त्यतिबेला आफूले बराललाई मत नदिन भनेको कुरा स्वीकार गरेका थिए ।

उनले भनेका थिए, “उहाँ उमेदवार मात्रै होइन, समग्र गठबन्धनको नेता पनि हो । तर, मैले के सुनेँ भन्दा उहाँले आफूलाई मात्र भोट माग्ने र त्यसका लागि एमालेसँग पनि मत क्रस गर्ने गरी छलफलमा हुनुहुन्छ । यही कुरा मैले यामजी (मादी गाउँपालिकाका सभापति) लाई बताएको हुँ । यदि यो सत्य हो भने कांग्रेसभित्र पनि गुट छन्, हाम्रो सहयोग किशोरजीलाई हुँदैन भनेर मैले भनेकै हुँ । यो कुरा उहाँले फेसबुकमा लेख्नुभएछ, नलेखेको भए पनि मैले पार्टीको बैठकमा भन्नेथिएँ ।”

उनको यही स्विकारोक्तिलाई कास्की कांग्रेसले हराउन लागेको प्रमाणको रूपमा लियो । पार्टी उमेदवार हराउन लाग्नेहरूको प्रमाणसहित केसीलाई कारबाही गर्न अनुशासन समितिमा कास्की कांग्रेसले उजुरी दियो । उनै केसीमाथिको उजुरी अहिले पनि विचाराधीन छ ।

उनीमाथि लागेको आरोप निर्णयमा नपुगेकै बेला बुधबार (हिजो) उनलाई प्रदेश समन्वय विभागको सदस्यमा मनोनीत गरियो । त्यसपछि अनुशासन समितिकै असन्तुष्टिका कारण केसीलाई दुई घण्टाको अन्तरमा नै सदस्यबाट हटाइएको कास्की कांग्रेसका एक नेताले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro