site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभापति कप : आज मच्छिन्द्र र एपीएफ खेल्दै

काठमाडौं । सभापति कप फुटबल प्रतियोगितामा आज एउटा मात्रै खेल हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने एक मात्र खेलमा विभागीय क्लब एपीएफ र मच्छिन्द्र क्लब आमनेसामने हुने छन् । खेल साँझ साढे ५ बजे सुरु हुनेछ । 

दिउँसो ३ बजे सञ्चालन गर्ने भनिएको प्रतियोगिताको तालिका शुक्रबार (आज)देखि परिमार्जन गर्दै फलर्ड लाइटमा सञ्चालन गर्ने निर्णय भएको आयोजकले जनाएको छ । सभापति कप फुटबल प्रतियोगिता नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको हो । 

प्रतियोगितामा ८ टिमको सहभागिता छ । नकआउट आधारमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै संकटा क्लबले सेमिफाइनलमा स्थान बनाइसकेको छ । बिहीबार भएको उद्घाटन खेलमा संकटाले लिग च्याम्पियन चर्च ब्वाइजमाथि ३–० को जित दर्ता गरेको थियो । 

आज शुक्रबार मच्छिन्द्र र एपीएफको विजेताले फाइनल प्रवेशका लागि संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।  उपाधि विजेताले २६ लाख पुरस्कार पाउँदा उप विजेता हुनेले १३ लाख रुपैयाँ पाउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro