देश
काठमाडौं । केही दिनयता काठमाडौंको तापक्रम स्थिर देखिएको छ । काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसको वरिपरि रहेको छ ।
आज बिहान पौने ६ बजेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । दिउँसो बढेर अधिकतम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्नेछ ।
बिहीबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस नै रहेको थियो ।
बुधबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।
मंगलबार सोही समय काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१ ०६:५६
प्रतिक्रिया दिनुहोस्