अर्थ व्यवसाय
काठमाडौं । केडिया अर्गनाइजेसनको वृज एडिटिभ्सले नयाँ उत्पादनहरूको श्रृंखला सुरु गरेको घोषणा गरेछ । यो नयाँ श्रृंखलामा सिमेन्ट टाइल ग्राउट, टाइल एडिसिभ, फ्लोर हार्डनर, रिपेयर कंक्रिट, ब्लक मोर्टार, वाल पुटिन र वाटरप्रुफिङ सिस्टम समावेश छन् ।
केडिया अर्गनाइजेसन हिस्सा रहेको वृज एडिटिभ्स्ले गत तीन वर्षदेखि अत्याधुनिक प्रविधिबाट स्वदेशी उत्पादन निरन्तर उत्पादन गर्दै आएको छ । उत्पादनहरूमा उच्च प्रदर्शन, मजबुत टिकाउपन र उच्चस्तरको स्थायित्व प्रदान गर्न इन्जिनियरिङ गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१ १०:५३
प्रतिक्रिया दिनुहोस्