site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुसले भन्यो– मस्कोतर्फ आइरहेका चार युक्रेनी ड्रोन नष्ट गर्‍यौँ

काठमाडौं । रुसले मस्कोतर्फ आइरहेका चारवटा युक्रेनी ड्रोनलाई नष्ट गरेको बताएको छ । रुसी हवाई रक्षा प्रणालीले शनिबार मस्कोतर्फ आउँदै गरेका चार युक्रेनी ड्रोन खसालेको हो ।

ड्रोन आक्रमणका कारण रुसको राजधानीको एक प्रमुख विमानस्थलले अस्थायीरूपमा उडान रोकेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सहरका मेयर मेयर सर्गेई सोब्यानिनले रुसका आपत्‌कालीन सेवाका कर्मचारीहरूले ड्रोन खसालिएका स्थानमा काम गरिरहेका बताएका छन् । तर, सम्भावित क्षतिबारे कुनै जानकारी नदिएको रोयटर्सको समाचारमा उल्लेख छ ।

रुसको रक्षा मन्त्रालयले हवाई रक्षा इकाइहरूले शनिबार साँझसम्मको पाँच घण्टाभन्दा बढी समयमा ४८ युक्रेनी ड्रोन नष्ट गरेका बताएको छ । तीमध्ये मस्को वरपरको क्षेत्रमा पाँच ड्रोन रहेको जसमध्ये दुईवटा मस्कोतर्फ आइरहेका थिए ।

युक्रेनको सीमामा रहेको ब्रायान्स्क क्षेत्रमा १७ र छेउछाउको ओर्योल क्षेत्रमा ११ ड्रोन नष्ट गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।  

सीमावर्ती बेलगोरोद क्षेत्रका गभर्नरले चार युक्रेनी ड्रोनले बस चालक र कार चलाइरहेका एक व्यक्तिलाई घाइते बनाएको बताए ।  

यसअघिको रक्षा मन्त्रालयको प्रतिवेदनले शनिबार रातभर रुसमा ९४ ड्रोन नष्ट भएको र दिनको करिब ६ घण्टामा थप ४५ ड्रोन नष्ट भएको जनाएको थियो ।

रोयटर्सबाट ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्