site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष रामबहादुर थापा मगरले जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् । 

प्रतिवेदन बुझदै राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी जनजाति समुदायको भाषा, लिपि, इतिहास, परम्परा र साहित्यकलाको संरक्षण र प्रवर्द्धन गर्ने सवालमा नेपालको संविधानले आयोगलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको बताए । 

उनले जिम्मेवारी प्रभावकारी ढंगले सम्पादन गर्ने सन्दर्भमा आयोगलाई थप सफलताको शुभकानमना समेत व्यक्त गरे । 

आदिवासी जनजाति आयोगका अध्यक्ष मगरले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  २०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro