site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुराना गाडीसँग बीवाईडीको नयाँ ईभी साट्न सकिने, देशभरी ‘एक्सचेञ्ज फेस्ट’ हुँदै

काठमाडौं । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले देशभर ‘एक्सचेञ्ज फेस्ट’ आयोजना गर्ने भएको छ ।

कम्पनीले माघ ९ देखि १३ गतेसम्म पाँचदिने एक्सचेञ्ज मेला आयोजना गर्न लागेको हो ।

एक्सचेञ्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाईडीको नयाँ ईभी साट्न सक्ने कम्पनीले बताएको छ ।

एक्सचेञ्ज गर्दा ग्राहकले उत्कृष्ट मूल्यांकन, एक्सचेञ्ज बोनस, लोयल्टी बोनस, निःशुल्क प्रिमियम एसेसोरिज र निःशुल्क चार्जर जडानको सुविधा पाउने छन् ।

एक्सचेञ्ज मेला काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा अयोजना हुनेछ ।

एक्सचेञ्ज फेस्टमा सहभागी भएर ग्राहकले पुरानो गाडीसँग बीवाईडीको एट्टो३, डल्फिन र एम६ जस्ता चर्चित एवं लोकप्रिय ईभी एक्सचेञ्ज गर्नसक्ने छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro