site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जन्ममा आधारित नागरिकता अन्त्य गर्ने दिशामा ट्रम्प
तस्बिर : ईपीए ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा जन्मेका आधारमा पाइने नागरिकता अन्त्य गर्ने दिशामा कदम चालेका छन् ।

ट्रम्पले संघीय एजेन्सीहरूलाई जसका आमाबाबु गैरकानुनी आप्रवासी छन् वा अस्थायी भिसामा अमेरिकामा बसिरहेका छन्, उनीहरूका सन्तानको जन्ममा आधारित नागरिकता स्वीकार नगर्न आदेश दिएका छन् ।

यो आदेश पालना गर्न ३० दिनको समय दिइएको छ । तर, यो विषयमा कानुनी चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।

जन्ममा आधारित नागरिकता अमेरिकी संविधानको १४औँ संशोधनको लामो समयदेखिको व्याख्या हो । ट्रम्पको नयाँ कदमलाई त्यो व्याख्या अन्त्य गर्ने पहलका रूपमा हेरिएको छ ।

शपथग्रहणलगत्तै अमेरिकी राष्ट्रपतिले आफ्नो ओभल अफिसमा कैयौँ आदेशमा हस्ताक्षर गरे । तीमध्ये एउटा यो आदेश हो । तीमध्ये करिब ८० वटा पूर्वराष्ट्रपति जो बाइडेनको आदेश रद्द गर्ने विषयमा थिए ।

ट्रम्पले यसअघि आफ्नो भाषणमा सबै अवैध प्रवेश रोक्ने वाचा गरेका थिए । र, ‘लाखौँ आपराधिक विदेशीलाई’ सुपुर्दगी गर्ने बताएका थिए । बीबीसी हिन्दीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro