site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादीले भन्यो– विकासका ठूला काम गर्न प्रदेश सरकारसँग योजना छैन
Tiktok banner adTiktok banner ad

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सालबसाली र बहुवर्षीय ठूला आयोजना पूरा गर्न सरकारसँग योजना नभएको बताएका छन् । त्यस्ता योजना क्रोनिक बन्दै गएको भन्दै प्रदेशसभाको सोमबारको बैठकमा सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, "मन्त्रीहरू राम्रो हुनुहुन्छ । साथी नै हुनुहुन्छ तर काम गर्न सक्नु भएको छैन । राम्रो काम भएछ भनिदिनु पर्‍यो ।" आङ्वोले यसपालिको विपद्‌बाट समस्यामा परेकाहरूलाई चार महिनासम्म केही गर्न नसकेको बताए ।

प्रदेश लगानी सम्मेलन सरकारले केही हप्ताभित्रै गर्ने भनेर पछि सारेको बताउँदै भने, "बारम्बार मिति सार्दा विश्वास घट्छ । लगानी भित्र्याउन सम्मेलन गर्नु सकारात्मक हो ।" सुशासन र सेवा प्रवाह समेत चित्तबुझ्दो नभएको भन्दै सरकारको टिप्पणी गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro