site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद हुँ कि होइन, बिर्सने बेला भयो : पूर्वमुख्यमन्त्री राई

विराटनगर । नेकपा एकीकृत समाजवादी कोसी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले सदन नचल्दा आफू सांसद नै हुँ कि होइन भन्ने बिर्सन लागेको बताएका छन् । 

कोसी प्रदेशसभाको सोमबारको बैठकमा राईले‌ सदन लामो समयसम्म नचल्दा जनताका समस्या सदनमा उजागर हुन नसकेको बताए ।

‘‘सरकारको हालखबर के छ ?’’ भनेर प्रश्न गर्दै राईले कतिपय कुरालाई सरकारले अनदेखा गरेको बताए । बहालवाला मन्त्री थुनामा परेको विषयमा केही नबोलिएकोमा उनले टिप्पणी गरे । 

अवैधानिक रूपमा जापान गएको प्रकरणमा कोसीका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारी पक्राउ परेका थिए ।

राईले एकजना मात्रै मुख्यमन्त्रीलाई सुविधा दिइएको बताउँदै भने,‘‘यो सरकारको गठन नै गलत ढंगले भएको छ ।’’

राईले कोसी सरकारको महत्त्वका धेरै योजना चित्तबुझ्दो ढंगले अघि नबढेको र डीपीआर भइसकेका महत्त्वका योजनाको पनि ठेक्का लाग्न नसकेको भन्दै सरकारको आलोचना गरे ।

‘‘भवनमा सखुवाको काठ लगाएको छ, तर छानो छैन, प्रदेश सरकारको काम लथालिंग भयो,’’ उनले भने,‘‘बाढीले बगाएको संरचना बनाउन सरकारले किन हात नहालेको ?’’

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro