site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण : ५५ वर्षीया महिला पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । योसँगै उक्त घटनामा पक्राउ पर्नेको संख्या तीन पुगेको छ ।

पछिल्लोपटक पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका–४ की ५५ कि शीतल राई भनिने सीतादेवी राई छिन् । उनी काठमाडौं महानगरपालिका–३२, शान्तिनगरमा बस्दै आएकी थिइन् ।

आइतबार (हिजो) उनलाई पक्राउ गरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

यही माघ २ गते अपराह्न करिब पौने ४ बजे त्रिपाठीमाथि कुटपिट भएको थियो । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा उनले काठमाडौं जिल्ला अदालतमा पीडितका तर्फबाट बहस गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका अभियुक्त रवि लामिछानेविरुद्ध उनी थुनछेक बहसमा सहभागी भएका थिए । आफ्नो बहस सकाएर बाहिरिने क्रममा अदालतबाहिर उनीमाथि कुटपिट भएको थियो ।

त्रिपाठीमाथि कुटपिट आरोपमा शनिबार प्रहरीले हुम्लाको अदानचुली गाउँपालिका–४ का ३२ वर्षीय महेन्द्र पाण्डे भनिने महानन्द जैसीलाई पक्राउ गरेको थियो । सोही आरोपमा शुक्रबार प्रहरीले दोलखाको तामाकोसी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro