site stats
बाह्रखरी :: Baahrakhari
देश
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं प्रहरीले त्रिपाठीमाथि आक्रमण गर्ने दोलखाको तामाकोसी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनलाई ज्यान मार्ने उद्योग कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाठौंका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

सो दिन अदालतबाट बहस गरी सडक पार गर्ने क्रममा कुटपिट भएपछि वरिष्ठ अधिवक्ता त्रिपाठीलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लगेको थियो । उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २३:१६
प्रतिक्रिया दिनुहोस्