site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खोखो विश्वकप : महिलातर्फ फाइनलमा भारतसँग नेपालको हार

काठमाडौं । खोखो विश्वकपको पहिलो संस्करणमै फाइनलसम्मको यात्रा तय गरेको नेपाली राष्ट्रिय महिला टिम उपाधि भिडन्तमा घरेलु टिम भारतसँग पराजित भएको छ ।

आइतबार साँझ भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा भएको फाइनलमा ७८–४० ले पराजित गर्दै भारतले उपाधि जितेको हो । प्रतियोगितामा अपराजित रहँदै फाइनलसम्म आए पनि नेपालले उपाधि छिनोफानोको खेलमा भने पराजय बेहोरेको हो ।

नेपाली महिला टिम समूह सी को विजेता बन्दै क्वार्टरफाइनलमा आएको हो । नेपाली महिला टिमले समूह चरणमा भुटानविरुद्ध ८३–२४, जर्मनीविरुद्ध ७३–३४, श्रीलंकाविरुद्ध ११०–१० र बंगलादेशविरुद्ध ८३–२४ को जित निकालेको थियो ।

यस्तै, नेपालले क्वार्टरफाइनलमा इरानविरुद्ध १०३–९ र सेमिफाइनलमा युगान्डामाथि ९–१ को सहज जित निकालेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro