site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासले छाड्ने भयो यी तीन बन्धक
इमिली दामरी ।

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले रिहा गर्ने तीन बन्धकको नाम इजरायल पठाएको छ । हमासले रिहा गर्ने तीन महिला बन्धकको नाम सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हमासले रोमी गोनेन, इमिली दामरी र दुरुन स्टेनब्रीचरलाई रिहा गर्ने जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले रिहा गर्ने बन्धकको नाम नपठाउँदासम्म गाजामाथि आक्रमण नरोक्ने बताएका थिए ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा हमला गरेपछि २५१ जनालाई बन्धक बनाएर आफ्नो साथमा लगेको थियो । २५१ बन्धकमध्ये १५७ जना रिहा भइसकेका छन् ।

सन् २०२३ को नोभेम्बर २४ देखि ३० सम्म भएको युद्धविरामका क्रममा हमासले १०९ बन्धक रिहा गरेको थियो । इजरायली सेनाले आठ बन्धकको उद्धार गरेको थियो ।

हमासको नियन्त्रणमा रहेका मध्ये ३७ बन्धक मृत फेला परेका थिए । इजरायली सेनाको आक्रमणमा परेर तीन बन्धकको मृत्यु भएको थियो ।

हमासको नियन्त्रणमा हाल ९४ बन्धक छन् । इजरायली सरकारका अनुसार, ९४ मध्ये ३४ जनाको मृत्यु भइसकेको छ । ६० जना मात्र जीवित अवस्थामा हमासको नियन्त्रणमा छन् । हमासले मृतकको शरीर पनि आफ्नो कब्जामा राखेको छ । एपीबाट ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro