site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य बिमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा उक्त कार्ययोजना बनाउन उनले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले उक्त कार्यदलको प्रतिवेदन र सुझावबारे आइतबार बालुवाटारमा ‘ब्रिफिङ’ लिएका थिए । त्यसपछि उनले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सुरक्षित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था आउन दिन नहुने बताए ।

Dabur Nepal
NIC Asia

उनले स्वास्थ्य बिमा कार्यक्रमलाई सुधार गर्ने गरी एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई निर्देशन दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा. शम्भु आचार्य, सदस्यहरू डा. भगवान् कोइराला, डा. रघुराम काफ्ले र सदस्यसचिव डा. सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बिमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गरेका थिए ।

हाल यो कार्यक्रमअन्तर्गत करिब ११ अर्ब रुपैयाँ भुुक्तानी गर्न बाँकी छ । यो कार्यक्रममा कुल जनसंख्याको २७ प्रतिशत नागरिक आबद्ध भइसकेका छन् । आबद्ध भएका मध्ये ४८ प्रतिशतले सेवा लिएका छन् ।

सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुनि रहेका सबैको स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुझाव दिएको छ । कार्यदलले आधारभूत स्वास्थ्य सेवा र अरू सामाजिक सुरक्षाका कोषसँग यो कार्यक्रमलाई एकीकरण गर्न सुझाएको छ ।

कार्यदलले गएको पुस १४ गते मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro