site stats
बाह्रखरी :: Baahrakhari
देश
इजरायलबाट फर्कन ९५० नेपालीले टिपाए नाम

काठमाडौं । इजरायलमा रहेकामध्ये ९५० भन्दा बढी नेपालीले आफूहरूलाई उद्धार गरेर नेपाल फर्काउन नाम टिपाएका छन् । सरकारले इजरायलबाट फर्कन चाहने नेपालीलाई अनलाइनबाट नाम दर्ता गर्न आह्वान गरेको थियो । 

इजरायल र इरानबीच द्वन्द्व बढेपछि इजरायलबाट नेपाल फर्कन चाहने नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । सूचनापछि हालसम्म ९५० नेपालीले अनलाइनमार्फत नाम टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंगलबार दिउँसो, इरानमा रहेका १६ नेपालीमध्ये दुईजना मशहदबाट नयाँदिल्ली हुँदै नेपालतर्फ हिँडेका छन् । बाँकी १४ नेपालीलाई पनि उद्धारको प्रयास भइरहेको दूतावासले जनाएको छ । 

 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्