site stats
बाह्रखरी :: Baahrakhari
देश
घरबाट हराएका बालकको दुई दिनपछि शव भेटियो
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भद्रपुर (झापा) । झापाको कमल गाउँपालिका–१ स्थित कृष्णखोलाको किनारमा एक बालकको शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, मंगलबार बिहान इलाका प्रहरी कार्यालय तोपगाछीलाई शरीरमा कपडा नभएको अन्दाजी १२ वर्ष उमेरको बालकको शव बगाएर ल्याएको भन्ने सूचना प्राप्त भएको थियो । लगत्तै प्रहरी टोली घटनास्थलमा खटिएर शवको पहिचान गर्ने क्रममा मृतक सोही ठाउँका मिङमारेन्जे शेर्पाका १२ वर्षीय छोरा सुसान भएको खुलेको उनले जानकारी दिए । 

प्रहरीका अनुसार, सुसान गत असार ८ गते दिउँसो ३ बजेदेखि घरबाट कसैलाई जानकारी नदिई निस्केका थिए । आफन्त तथा छिमेकीले खोजी गर्दा फेला नपरेपछि बालकका पिताले असार ९ गते इलाका प्रहरी तोपगाछीमा हुलिया विवरणसहित निवेदन दिएका थिए । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १९:२०
प्रतिक्रिया दिनुहोस्