site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस–एमालेसँग मिल्दा कमजोरी भयो, अब आफ्नै बलबुतामा अघि बढ्छौँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जित हासिल गरेर आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् ।

माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका–५, तेतेरियामा आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारीसभामा उनले आउँदो स्थानीय निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो बन्ने जिकिर गरेका हुन् । ०७९ को स्थानीय तह निर्वाचनमा माओवादी तेस्रो बनेको थियो ।

गएको मंसिर १६ गतेको स्थानीय तह निर्वाचनबाट पूर्व क्षेत्रले माओवादी केन्द्रलाई नयाँ उचाइमा उठाउने सन्देश दिएको उनले उल्लेख गरे । विरोधीहरूले अब माओवादी कमजोर भयो भन्दै फैलाएको अफवाहलाई चिर्दै अघि बढ्ने उनले उद्घोष गरे ।

प्रचण्डले आफ्नो पार्टी ओरालो यात्रामा रहेका बेला कहिले नेपाली कांग्रेस र नेकपा (एमाले)सँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको बताए । अब आफ्नै बलबुतामा अघि बढ्ने उनले सुनाए ।

देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका निम्ति फेरि एकपटक माओवादी केन्द्रलाई बहुमत दिन उनले आग्रह गरे । “एकचोटि ०६४ को अनुभव दोहोर्‍याइयो भने अब माओवादी ०६४ जस्तो विभाजित हुने छैन,” उनले भने, “विभाजितहरू पनि छिटै सबै एकताबद्ध हुँदै छौँ ।”

आफू नेतृत्वको पछिल्लो सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई अघि बढाएको उनले बताए । तर, वर्तमान सरकारले त्यसलाई कमजोर पारेको उनले आरोप लगाए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro