site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
असमानताविरुद्ध र्‍याली

काठमाडौं । श्रमजीवीमाथि हुने गरेको अन्याय–अत्याचारविरुद्ध ‘रातो घेरा कोरौँ’ भन्ने नारासहित र्‍याली निकालिएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आयोजनामा शनिबार काठमाडौंको भृकुटीमण्डपबाट र्‍याली निकालिएको हो ।

असमानताविरुद्ध रातो घेरा कोरौँ भन्ने नारासहित विश्वव्यापी कार्यक्रमअन्तर्गत नेपालमा पनि र्‍यालीको आयोजना गरिएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

विश्वमा एक प्रतिशत धनाढ्यले श्रमिकप्रति असमान व्यवहार गर्ने गरेको भन्दै उनले त्यसलाई अन्त्य गर्न रातो घेरा अभियान चलाइएकोे बताए ।

र्‍यालीका सहभागीले ‘जिउन पुग्ने ज्याला व्यवस्था गर’, ‘गरिब श्रमिकलाई हैन धनाढ्यलाई कर लगाऊ’, ‘हामी ९९ प्रतिशत हौँ, हाम्रो कुरा सुन’लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro