site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका निम्ति इजरायलका राजदूत स्मुलिक ए बासले शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विविधि विषयमा छलफल गरिएको थियो ।

सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृतिलगायत क्षेत्रमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

त्यस अवसरमा राष्ट्रियसभा सदस्य एवं इजरायलका निम्ति नेपालका पूर्वराजदूत डा. अञ्जान शाक्य र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्