site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्ष जेल सजाय
इमरान खान । फाइल तस्बिर ।

काठमाडौं । इस्लामाबादको एक अदालतले अल–कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ । 

अदालतले खानलाई १० लाख रुपैयाँ जरिवाना समेत गरेको छ । सोही मुद्दामा अदालतले इमरान खानकी श्रीमती बुशरा बीबीलाई सात वर्षको जेल सजाय र पाँच लाख रुपैयाँ जरिवाना सुनाएको छ । 

अदालतले पाकिस्तान सरकारलाई अल–कादिर ट्रस्टलाई नियन्त्रण लिन पनि आदेश दिएको छ ।

अदालतले यो सजाय सुनाउँदा इमरान खान, उनकी श्रीमती र अन्य पीटीआई नेताहरू अदालतमा उपस्थित थिए ।

इमरान खान र उनकी श्रीमती बुशरा बीबीविरुद्धको मुद्दा १९ करोड पाउन्ड वा अल–कादिर ट्रस्ट मुद्दा ५६ एकडभन्दा बढी जग्गा दानसँग सम्बन्धित छ । जुन निजी आवास समाज बहरिया टाउनले अल–कादिर विश्वविद्यालयलाई दिएको थियो ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबी अल–कादिर विश्वविद्यालयका ट्रस्टीहरूमध्ये पर्छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro