site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बाक्लो हुस्सुले दिल्लीमा ११७ उडानमा ढिलाइ, १० रद्द, २७ रेल समयमा पुगेनन्

काठमाडौं । हिमपातसँगै बाक्लो हुस्सुका कारण भारतका उत्तरी राज्यहरूको जनजीवन प्रभावित भएको छ । शुक्रबार बिहान १८ राज्यमा हुस्सुका कारण भिजिबिलिटीमा गिरावट आएको छ ।

दिल्लीमा ११७ भन्दा बढी उडानमा ढिलाइ भएको छ । यस्तै, १० उडान रद्द भएका छन् । दिल्ली आउने २७ रेलहरू पनि निर्धारित समयमा पुग्न सकेनन् ।

हिमपातका कारण हिमाचल प्रदेशका हिमाली क्षेत्र सेताम्य भएका छन् । तीन राष्ट्रिय राजमार्गसहित २०० सडक बन्द छन् ।

सिम्लामा मात्र ५६ सडक बन्द भएका छन् । यस्तै, १५ एचआरटीसी बस हिमपातमा फसेका छन् ।

मौसम विभागले आज पनि सिम्लामा हिमपात हुने बताएको छ ।

उता मध्य प्रदेश र राजस्थानमा पनि तापक्रम निरन्तर घटिरहेको छ । दुवै राज्यका २० सहरमा तापक्रम १० डिग्री सेल्सियसभन्दा कम रहेको छ । हिमाचल प्रदेश र जम्मू कश्मीरको तापक्रममा थप गिरावट आउने पूर्वानुमान गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro