site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंको न्यूनतम तापक्रम घट्यो, जुम्लाको बढ्यो (सूचीसहित)
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानको न्यूनतम तापक्रम बिहीबारको तुलनामा शुक्रबार घटेको छ । केही स्थानको तापक्रम बढेको छ ।

शुक्रबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही समयमा बिहीबार (हिजो) काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस थियो । बुधबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।

महाशाखाका अनुसार, पुस १७ (जनवरी १) गते काठमाडौंको न्यूनतम तापक्रम ५.१, पुस १८ गते ५.४, पुस १९ गते ५.७, पुस २० गते ५.९, पुस २१ गते ७.२, पुस २२ गते ८.४, पुस २३ गते ७.०, पुस २४ गते ५.५, पुस २५ गते ४.२, पुस २६ गते पनि समान ४.२, पुस २७ गते ५.०, पुस २८ गते पनि समान ५.०, पुस २९ गते ४.२, माघ १ गते (मंगलबार) ४.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

Argakhachi Cement Island Ad

काठमाडौंमा यो वर्ष आजसम्मको कम तापक्रम भने गएको मंसिर २९ गते २.० डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । काठमाडौंमा हालसम्मकै न्यून तापक्रम सन् १९७८ मा मापन गरिएको थियो । १९७८ जनवरी ११ मा काठमाडौंको न्यूनतम तापक्रम –३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।

शुक्रबार बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –२ डिग्री सेल्सियस छ । बिहीबार जुम्लाको न्यूनतम तापक्रम –४.६ डिग्री सेल्सियस थियो । बुधबार जुम्लाको न्यूनतम तापक्रम –६.३ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

शुक्रबार डडेलधुराको न्यूनतम तापक्रम २.२, वीरेन्द्रनगरको ३.४, ताप्लेजुङको ५.४, ओखलढुंगाको ७.०, धनगढीको ७.६, पोखराको ७.८ डिग्री सेल्सियस छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

शुक्रबार, बिहीबार र बुधबारको तापक्रमको विवरण हेर्नोस्–

j17-1737086176.jpgj16-1737086195.jpgj15-1737086207.jpg
 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्