site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वतन्त्र प्रेसको मान्यताविपरीत अख्तियारले माग्यो विवरण

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिकले प्रकाशित गरेको समाचारका विषयमा स्रोत सम्पर्क व्यक्तिको फोन नम्बर अडियोसहितका विवरण माग्दै पत्राचार गरेको छ । अनुसन्धान अधिकृत वीरबहादुर बुढामगरले हस्ताक्षर गरेको पत्रमा आर्थिक दैनिकसँग गत असार ११ मा र साउन १८ मा प्रकाशित समाचारको स्रोत मागिएको छ ।

आर्थिक दैनिकले असार ११ मा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताद्वारा घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी शीर्षकको समाचार प्रकाशित गरेको थियो । त्यसैगरी साउन १८ मा ७० लाख कुसकाण्डमा मुछिएका मालपोत प्रमुख पौडेललाई मन्त्री अधिकारी र सचिवको संरक्षण शीर्षकमा अर्को समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचारको स्रोत व्यक्तिको सम्पर्क नम्बर र अडियो समेत उपलब्ध गराउन अख्तियारले पत्राचार गरेको हो । गत साउन २७ मा अख्तियारबाट आर्थिक दैनिकलाई पत्र काटेको पाइएको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २०:४१
प्रतिक्रिया दिनुहोस्