site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गतका चार समितिको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का विषयमा सरोकारवालासँग छलफल गरिने कार्यसूची छ ।

बिहान ११ बजे नै कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दै छ । बैठकमा सुदूरपश्चिम, मधेस र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र संघीय संसद्ले बनाएका ऐनकानुन कार्यान्वयनका चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल गरिनेछ ।

राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्यांकन प्रतिवेदन, २०८० सार्वजनिकीकरण र छलफल गरिनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी गराएको छ ।

सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro