site stats
बाह्रखरी :: Baahrakhari
देश
जुम्लामा –७, यस्तो छ देशका १६ स्थानको न्यूनतम तापक्रम 
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं, जुम्लासहित देशका धेरै स्थानको तापक्रम घटेको छ । 

सोमबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही समयमा आइतबार (हिजो) र शनिबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम समान ५.० डिग्री सेल्सियस थियो ।

महाशाखाका अनुसार, पुस १७ (जनवरी १) गते काठमाडौंको न्यूनतम तापक्रम ५.१, पुस १८ गते ५.४, पुस १९ गते ५.७, पुस २० गते ५.९, पुस २१ गते ७.२, पुस २२ गते ८.४, पुस २३ गते ७.०, पुस २४ गते ५.५, पुस २५ गते ४.२, पुस २६ गते (शुक्रबार) पनि समान ४.२ डिग्री सेल्सियस थियो ।

Argakhachi Cement Island Ad

काठमाडौंमा यो वर्ष आजसम्मको कम तापक्रम भने गएको मंसिर २९ गते २.० डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । काठमाडौंमा हालसम्मकै न्यून तापक्रम सन् १९७८ मा मापन गरिएको थियो । १९७८ जनवरी ११ मा काठमाडौंको न्यूनतम तापक्रम –३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।

सोमबार बिहान महाशाखाले सार्वजनिक गरेको १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –७.० डिग्री सेल्सियस छ । आइतबार जुम्लाको न्यूनतम तापक्रम –२.० डिग्री सेल्सियस थियो । शनिबार जुम्लाको न्यूनतम तापक्रम –५.८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

सोमबार डडेलधुराको न्यूनतम तापक्रम २.५, वीरेन्द्रनगरको ४.४, ताप्लेजुङको ५.५, पोखराको ५.८, ओखलढुंगाको ६.२, घोराहीको ६.३ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

सोमबार, आइतबार र शनिबारको तापक्रमको विवरण हेर्नोस्– 

j13-1736742315.jpgj12-1736742330.jpgj11-1736742342.jpeg
 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्