site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको नयाँ कार्यसमिति

काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औँ वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय अधिवेशनले विजेन्द्रविक्रम शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
 
अधिवेशनले नौजना पदाधिकारी र १० सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

१९ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मेखबहादुर अधिकारी, प्रथम अध्यक्षमा केशवराज खनाल र द्वितीय उपाध्यक्षमा प्रकाश श्रेष्ठ सर्वसम्मत भए ।
 
यस्तै, राकेश मेहता महासचिव, गोपाल खेतान उपमहासचिव, गणेशप्रसाद अधिकारी कोषाध्यक्ष, गंगाबहादुर अधिकारी सचिव, सुरेशकुमार भट्टराई सहकोषाध्यक्षमा निर्विरोध निर्वाचित भए ।
 
सदस्यहरूमा रञ्जितकुमार अग्रवाल, दिलीपकुमार अग्रवाल, कमल नेपाल, राजेन्द्र डंगोल, पंकज अग्रवाल, प्रदीपकुमार घिमिरे, राजकृष्ण दाहाल, किरण खरेल, हेमराज खनाल र विचित्र ढुंगाना चुनिएका छन् । 

यो कार्यसमितिको कार्यावधि दुई वर्षको रहनेछ । नवनिर्वाचित अध्यक्ष शाहले आफ्नो कार्यकालमा मसलन्द उद्योगको विकासका लागि सदैव लाग्ने प्रतिबद्धता जनाउँदै सर्वसम्मत बनाउन पहल गर्ने सबैलाई धन्यवाद दिए ।

अधिवेशनको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरेका थिए । मन्त्री लेखकले सरकारले बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ११:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro