site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पाँच महिनामा भित्रियो साढे ६ खर्ब रेमिट्यान्स, तीन लाख २५ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, रेमिट्यान्स आप्रवाह ४.४ प्रतिशतले बढेको हो ।

गत वर्षको यसै अवधिमा भने रेमिट्यान्स आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।

पाँच महिनाको अवधिमा वैदेशिक रोजगारीमा जान तीन लाख २५ हजार ८०९ जनाले श्रम स्वीकृति लिएका छन् । यसमा एक लाख ९० हजार ३८४ जनाले नयाँ र एक लाख ३५ हजार ४२५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो वर्षको यस अवधिमा दुई लाख ७४ हजार ५१७ जनाले अन्तिम श्रम स्वीकृत लिएका थिए । पाँच महिनाको अवधिमा खुद ट्रान्सफर ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro