site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
राजनराज र वियोन्सेको गीत ‘माया गरन...’ सार्वजनिक

काठमाडौं । संगीतकार राजनराज शिवाकोटीले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘माया गरन...’ बोलको गीत राजनराजले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । 

गीतमा गायक तथा गीतकारसमेत रहेका राजनराजकै स्वर छ । फिमेल भोकलमा उनलाई डि क्याप्टेन वियोन्सेले साथ दिएकी छन् । शब्दरचना र संगीत पनि राजनराज स्वयंको छ । 

प्रेमिल गीतले मायालु जोडीको कथा भनेको छ । रुवान्डाकी कलाकार वियोन्सेको नेपाली गीत गाउँदाको फरक टोन गीतमा सुन्न सकिन्छ । 

गीतको भिडियो पनि तयार भएको छ । अभेसमनी बज्राचार्यले खिचेको भिडियो निर्देशन राजुजंग बस्नेतले गरेका छन् । 

भिडियोमा अभिनय राजनराज र वियोन्से स्वयंको छ । कोरसमा अन्य कलाकार पनि देख्न सकिन्छ ।

वियोन्से ‘फूलबुट्टे सारी...’ गाएर चर्चामा आएकी थिइन् ।  

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro