site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि, छवि र रामबहादुरले बुझाए धरौटी

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपित सात प्रतिवादीलाई बिहीबार न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दियो ।

उक्त आदेशअनुसार प्रतिवादी कृृष्णबहादुर गुरुङ, पूर्वसांसद मीना गुरुङ र आरती गुरुङले धरौटी रकम बुझाएर छुटिसकेका छन् । कृष्ण र मीना बाबुछोरी समेत हुन् । उनीहरूमाथि जनही क्रमशः एक लाख र पाँच लाख रुपैयाँ धरौटी तोकिएको थियो । आरतीको हकमा पनि धरौटी पाँच लाख रुपैयाँ नै तोकिएको थियो । यी तीनजना रिहा भइसकेपछि रवि लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले पनि बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका छन् ।

रविसँग ६५ लाख, जोशीसँग ८८ लाख, खनालसँग १५ लाख धरौटी माग गरिएको थियो । लीला पछाईको हकमा भने भोलि (शुक्रबार) मात्रै हुने बताइएको छ । पछाईसँग अदालतले ३७ लाख धरौटी माग गरेको छ । उनी कारागार चलान भइसकेकी छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  २०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro