site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुन्डाई क्रेटा ईभी सार्वजनिक हुँदै, यस्ता छन् फिचर र भेरियन्ट

काठमाडौं । हुन्डाईको नयाँ विद्युतीय सवारी (ईभी)का रूपमा हुन्डाई क्रेटा ईभी एसयूभी सार्वजनिक हुँदैछ । भारतमै बनेको हुन्डाईको पहिलो ईभी एसयूभी क्रेटा ‘भारत मोबिलिटी ग्लोबल एक्सपो, २०२५’ मा सार्वजनिक हुन लागेको हो ।

जनवरी १७ सार्वजनिक हुने क्रेटा ईभीको मूल्य भारतीय बजारमा १७ देखि २६ लाख भारतीय रुपैयाँको बीचमा हुने अनुमान गरिएको छ । जनवरी १७ देखि २२ सम्म भारत मोबिलिटी ग्लोबल एक्सपो चल्दैछ । भारतमा सार्वजनिक भएपछि गाडी नेपाली बजारमा पनि भित्रिने भएको छ ।

भारतमै बनेको, किफायती, रेन्ज, डिजाइन तथा स्टाइल एवं फिचर लगायतले भारतीय बजारमा क्रेटा ईभीको प्रतिक्षा गरिएको छ । पेट्रोलियम इन्जिनतर्फ नेपालमा राम्रो बजार हिस्सा आगटेको क्रेटा एसयूभी अब ईभी एसयूभीका रूपमा आउने भएको छ । कम्पनीले विशेष भनेको गाडीमा हाल बजारमै रहेको र केही थप फिचरहरू समेटिएका छन् । जनवरी १७ सार्वजनिक हुने क्रेटा ईभीको मूल्य भारतीय बजारमा १७ देखि २६ लाख भारतीय रुपैयाँको बीचमा हुने अनुमान गरिएको छ ।

ब्याट्री र मोटर
क्रेटा ईभी दुई ब्याट्री प्याक अप्सनमा उपलब्ध छ । जसमा ४२ किलोवाटआवरको ब्याट्री प्याक अप्सनले ३९० किलोमिटर र ५१.४ किलोवाटआवरको ब्याट्री प्याकले ४७३ किलोमिटर रेन्जमा दिन्छ । ४२ किलोवाटआवरको ब्याट्रीसँग १०० किलोवाटको मोटर छ भने, ५१.४ किलोवाटआवर क्षमताको ब्याट्री प्याक रहेको गाडीमा १२६ किलोवाटको मोटर छ ।

७.९ सेकेण्डमै क्रेटा ईभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति दिने छ । गाडी निकै नै कम्फर्ट र अत्याधुनिक ड्राइभिङ असिस्टेन्ट फिचरसहित भएकाले निकै रुचाइने अपेक्षा गरिएको छ ।

भेरियन्ट र चार्जिङ
क्रेटा ईभी एक्ज्युकेटिभ, स्मार्ट, प्रिमियम र एक्सीलेन्स गरी चार भेरियन्टमा उपलब्ध हुने हुन्डाईले जनाएको छ । जुन पाँच वटा मेटालिक, तीन मेट र २ डुअल टोन रङमा उपलब्ध हुनेछ ।

११ किलोवाटको वाल बक्स फास्ट एसी चार्जिङबाट चार घण्टामा दशदेखि १०० प्रतिशत चार्ज हुने हुन्डाईले जनाएको छ । डीसी चार्जिङबाट भने ५८ मिनेटमै १० देखि ८० प्रतिशत चार्ज हुनेछ । कम्पनीले ६० किलोवाटको डीसी फास्ट चार्जर रिकोमेन्ड गरेको छ । गाडीले सीसीएस टाइप २ चार्जिङ गन सर्पोट गर्छ ।

सुरक्षा सुविधा
पाँच सिट क्षमताको गाडीमा ६ वटा एयरब्याग रहेको जनाइएको छ । ब्लाइन्ड स्पोट मोनिटरसहितको ३६० क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस) क्रेटा ईभीमा छ । गाडीमा क्रुज कन्ट्रोल र लेन किप असिस्टसहितको लेभल २ ड्राइभर असिस्टेन्स सिस्टम रहेको बताइएको छ । गाडीको ह्वीलेबेस २६१० एमएम छ ।

के छ अत्याधुनिक फिचर
कम्पनीले स्मार्टफोन र स्मार्टवाचमा एक्सेस मिल्ने डिजिटल की फिचर गाडीमा रहेको बताएको छ । ड्राइभिङ सहजताका लागि सिफ्ट बाई वायर सुविधा छ । गाडी भित्र मोबाइल, ल्यापटप चार्ज गर्न मिल्ने तथा बाहिर ठूला घरेलु उपकरण चार्ज गर्न मिल्ने भेहिकल टू लोड (भी२एल) सुविधा पनि गाडीमा छ । माइहुन्डाई एपबाटै आफू नजिकको चार्जिङ स्टेसन फेला पार्न सकिनेछ । गाडीमा १०.२५ इञ्चको इन्फोटेनमेन्ट स्क्रिन छ ।

कहिले आउँछ नेपाल ?
नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले फेब्रुअरीभित्र क्रेटा ईभी नेपाल भित्र्याइने तयारी भइरहेको जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलको मुख्य कम्पनी लक्ष्मी ग्रुपका निर्देशक निराकार श्रेष्ठले फेब्रुअरी अन्त्यसम्ममा क्रेटा ईभी नेपाल भित्र्याउने तयारी रहेको बताएका छन् । हाल हुन्डाईले नवलपरासीमा एसेम्बल प्लान्ट स्थापना गरी पेट्रोलियम इन्धनका गाडी उत्पादन गर्दै आएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro