काठमाडौ । न्याय सेवा आयोगले बुधबार कर्मचारीहरूको व्यापक सरुवा र बढुवा समेत सिफारिस गरेको छ।
आयोगले सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृत, सरकारी वकिलसहित विभिन्न समूहमा सरुवा तथा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
बुधबार बसेको न्याय सेवा आयोगको बैठकले महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता खेमराज ज्ञवालीको बेपत्ता छानबिन आयोगको सचिवमा सरुवा गरेको छ ।
बेपत्ता छानबिन आयोगका सचिव लोकराज पराजुलीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ । आयोगले सचिवसरहका दुई सरकारी वकिलसहित साढे दुई सय कर्मचारीको सरुवा गरेको हो ।
आयोगले न्याय सेवाका नौजना सहसचिव, ८९ जना उपसचिव र एक सय ४४ जना शाखा अधिकृतको पनि सरुवा गरेको छ ।
हेर्नुहोस् सूची