site stats
बाह्रखरी :: Baahrakhari
देश
६ घण्टामा ११० परकम्प,  हरेक आधा घण्टामा सरदर १० परकम्प 

काठमाडौं । तिब्बतको दिङ्गी केन्द्रबिन्दु बनाएर मंगलबार बिहान  गएको भूकम्पको परकम्प आउनेक्रम जारी छ । 

ठूलो भूकम्प भएकाले त्यसको परकम्प आउनेक्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

Argakhachi Cement Island Ad

केन्द्रका अनुसार मंगलबार दिउँसो साढे १ बजेसम्म ११० वटाभन्दा धेरै परकम्प गएको छ । दिउँसो १ बजेसम्म तीन म्याग्निच्युडभन्दा माथिका ११० वटाभन्दा धेरै परकम्प गएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।  

“त्यसयता कति भूकम्प गए मापन गर्न बाँकी छ । हिजो सञ्चारमाध्यमसँग व्यस्त भएकाले परकम्पमापन हुन बाँकी छ,” भूकम्पविद् कोइराला बाह्रखरीसँग भन्छन्, “हिजो प्रत्येक आधा घाण्टामा १० वटाका दरले परकम्प गइरहेको थियो ।” 

आज दिनभरमा पनि परकम्प मेजर गरेर नसकिने उनी बताउँछन् । 

मंगलबार बिहान ६ : ५० बजे तिब्बतको दिङ्गी केन्द्रविन्दु बनाएर ७.० म्याग्निच्युडको भूकम्प गएको थियो । 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ०६:५७
प्रतिक्रिया दिनुहोस्