site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमपात र शीतलहरबाट कसरी जोगिने ? यस्तो छ उपाय
फाइल तस्बिर ।

काठमाडौं । शीतलहर र हिमपातको जोखिमबाट सुरक्षित रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । 

हिमाली तथा उच्च पहाडी क्षेत्रम हिमपात र तराईका भूभागमा शीतलहर भइरहेकाले यसबाट जोेगिन मन्त्रालयले आग्रह गरेको छ । 

केही समय यता बढ्दो चिसो सँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित हुन थालेको छ । त्यसैले चिसोबाट बच्न शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाउन मन्त्रालयले आग्रह गरेको छ । 

बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई चिसोबाट बचाउन विशेष ख्याल गर्नुपर्ने पनि मन्त्रालयले जनाएको छ । 

“आमाको दूध खाने बच्चालाई नियमित रूपमा स्तनपान गराऔं । तातो तथा पोषिलो झोल पदार्थहरू प्रशस्त मात्रामा सेवन गरौँ । धूमपान तथा मद्यपान नगरौँ,” मन्त्रालयले भनेको छ । 

स्वास्थ्य सम्बन्धी कुनै समस्या जस्तैः ज्वरो आएमा, झाडा पखाला लागेमा, दम बढेमा, खोकी लागेमा, घ्यारघ्यार भएमा, श्वास फेर्न कठिनाई भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयकाृ आग्रह छ । 

सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला व्रिकेट आदि बालेर  झ्याल ढोका बन्द गरेर नसुत्न पनि मन्त्रालयले सचेत गराएको छ । 

यदि, त्यसो गरेमा श्वास फेर्न नसकी निसासिएर मृत्यु समेत हुनसक्ने मन्त्रालयले जनाएको छ । 

आगो बालेको ठाउँमा बच्चाहरूलाई एक्लै नछोड्न पनि मन्त्रालयले सचेत गराएको छ ।

कोठा न्यानो पार्नुपर्ने तर पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था भने गर्नुपर्ने मन्त्रालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro