site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३४ बन्धकलाई रिहा गर्न हमास तयार, विपीनको अवस्था के होला ?

काठमाडौं । गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न प्यालेस्टाइनी लडाकु समूह हमास सहमत भएको छ ।

बीबीसी संवाददाता जोनाह फिशरका अनुसार, हमासका एक वरिष्ठ अधिकारीले ३४ बन्धकको सूची बीबीसीसँग साझा गरेका छन् । इजरायलसँगको सम्भावित सम्झौताअनुसार पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न सहमत भएको ती अधिकारीले बताए ।

यीमध्ये कति बन्धक जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।

सूचीमा रहेका नामहरूमा १० महिला र ५० देखि ८५ वर्षका ११ बन्धक छन् । केही युवा पुरुषको नाम पनि सूचीमा छ, जसलाई हमासले यसअघि इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेको थियो ।

हमासले यो सूचीका धेरै बन्धक बिरामी रहेका जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले भने हमासले बन्धकको सूची अझै उपलब्ध नगराएको जनाएको छ ।

इजरायलले यसअघि कतारमा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा पुनः वार्ता सुरु भएको जनाएको थियो । इजरायलले गाजापट्टीमा आक्रमण बढाएका बेला फेरि युद्धविरामका विषयमा वार्ता सुरु गर्ने घोषणा गरिएको हो ।

गाजामा कार्यरत स्वास्थ्य एजेन्सीले आइतबार विगत २४ घण्टामा गरिएको आक्रमणमा ८८ जनाको ज्यान गएको जनाएको छ ।

आइतबार इजरायली सेनाले गाजापट्टीमा पछिल्ला दुई दिनमा १०० भन्दा बढी ‘आतंकवादी अड्डा’मा आक्रमण गरिएको र ‘दर्जनौँ हमास आतंकवादीलाई मारिएको’ जनाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

नेपाली विद्यार्थी विपीन जोशीलाई पनि हमासले बन्धक बनाएको छ । रिहा गरिने भनिएको उक्त ३४ बन्धकको सूचीमा विपीनको नाम भए/नभएको स्पष्ट छैन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro