site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्टार्टअप ऋण पाउने प्रारम्भिक सूचीमा यी एक हजार ३१४ कम्पनी
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ अनुसार ऋण उपलब्ध गराउन एक हजार ३१४ कम्पनीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले उक्त सूची सार्वजनिक गरेको हो ।

यसका निम्ति सरकारले तीन प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण दिनेछ । यो ऋणका निम्ति अनलाइन र भौतिक रूपमा गरी पाँच हजार १५८ कम्पनीले प्रस्ताव आवेदन पेस गरेका थिए । तीमध्ये एक हजार ३१४ कम्पनी छनोटमा परेका हुन् ।

अनलाइनबाट तीन हजार ३२० आवेदन परेका मध्ये ६५५ कम्पनी प्रारम्भिक सूचीमा परेका छन् । भौतिक रूपमा आवेदन दिएका एक हजार ८३८ मध्ये ६५९ कम्पनी प्रारम्भिक सूचीमा परेका हुन् ।

प्रारम्भिक छनोट सूचीमा परेका कम्पनीलाई यही पुस २८ गतेदेखि प्रस्तुतीकरणका निम्ति बोलाइने प्रतिष्ठानका सूचना अधिकारी विश्वनाथ घिमिरेले जानकारी दिए ।

प्रस्तुतीकरणपछि थप बैंकिङ प्रक्रिया र अनुगमनबाट योग्य ठहरिने कम्पनी तथा फर्मले सहुलियतपूर्ण कर्जा प्राप्त गर्नेछन् ।

तीन प्रतिशत ब्याजदरमा बढीमा २५ लाख रुपैयाँसम्म पाइने कर्जा पाँच वर्षभित्र पूर्ण रूपमा भुक्तानी गरिसक्नुपर्ने प्रतिष्ठानले जनाएको छ ।

प्रारम्भिक छनोटमा परेका कम्पनीको सूची हेर्नोस्–

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro