site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नयाँ संगठनात्मक सिद्धान्त विकास गर्न माओवादी नेताहरूको सुझाव
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्यहरूले नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा सदस्यहरूले यस्तो सुझाव दिएका हुन् ।

बैठकमा अधिकांश सदस्यले नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न जरुरी रहेकामा जोड दिएका थिए । पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले युवालाई प्रशिक्षित र संगठित गर्ने विषयमा पनि सुझाव प्राप्त भएको बताए ।

“...संगठनात्मक सिद्धान्तको बारेमा पनि छलफल भएको छ । आधारभूत रूपमा त हामीले माओवादी संगठनात्मक सिद्धान्तलाई नै आधार बनाउँछौँ, तर अहिले पनि पहिला विकास गरेको कुरामा आमूल परिवर्तन भएको छ,” उनले भने, “विज्ञान, प्रविधिलगायतका क्षेत्रमा, अन्य क्षेत्रमा पनि प्रविधिको विकास भइरहेको छ । युवाहरूलाई प्रशिक्षित गर्ने, संगठित गर्ने यी विषयदेखिलगायत विज्ञान र प्रविधिको सबै कुरा विचार गर्दै नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्नुपर्छ भनेर सुझाव दिनुभएको छ ।”

माओवादी केन्द्रीय कमिटीको बैठक पनि आजै बस्दै छ । “केन्द्रीय समितिको बैठकमा अध्यक्षले अहिलेको समसामयिक, राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्नुहुनेछ,” उनले भने, “त्यसपछि प्रदेशका अध्यक्षहरूले सबै प्रदेशबाट रिपोर्टिङ गर्नुहुनेछ । त्यसपछि अध्यक्षले राजनीतिक प्रस्ताव पेस गर्नुहुनेछ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro