site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
फाइल तस्बिर ।

गाजापट्टी । इजरायली आक्रमणमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म गाजामा बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको अस्पतालका कर्मचारीहरूले बताएका छन् ।

मध्य गाजाको नुसिरात, जावैदा, मघाजी र देइर अल बलाहलगायत विभिन्न स्थानमा भएको आक्रमणमा एक दर्जनभन्दा बढी महिला र बालबालिकाको मृत्यु भएको अल अक्सा सहिद अस्पतालका कर्मचारीहरूले बताए ।

अघिल्लो दिन पनि यस क्षेत्रमा दर्जनौँ मानिस मारिएका थिए । यसले विगत २४ घन्टामा मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

Dabur Nepal
NIC Asia

इजरायली सेनाले पछिल्ला आक्रमणबारे तत्काल टिप्पणी गरेको छैन तर उसले लडकूहरूलाई मात्र लक्षित गर्ने र नागरिक मृत्युको जिम्मेवारी हमासलाई दिने गरेको छ ।

बिहीबार हमासका सुरक्षा अधिकारी र इजरायली घोषित मानवीय क्षेत्रमा आक्रमण भएको थियो ।

शुक्रबार बिहान मारिनेमध्ये स्वतन्त्र पत्रकार ओमार अल–देरावी पनि थिए । एसोसिएटेड प्रेसका पत्रकारहरूले साथीहरू र सहकर्मीहरूलाई अस्पतालमा उनको शवमा शोक मनाउँदै गरेको देखे । उनको कफनको माथि प्रेस भेस्ट राखिएको थियो ।

शुक्रबार बिहान इजरायलीहरू पनि आक्रमणको सामना गर्न बाध्य भए । इजरायलले यमनबाट देशभित्र क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ । क्षेप्यास्त्र प्रहार भएपछि जेरुसेलम र मध्य इजरायलमा हवाई सायरन बज्यो र मानिसहरूलाई आश्रयमा भाग्न बाध्य बनायो ।

तत्काल कुनै क्षति वा घाइतेको खबर आएको छैन । यद्यपि जेरुसेलममा क्षेप्यास्त्र वा इन्टरसेप्टरका कारण हल्का विस्फोट सुनिएको थियो । इजरायली सेनाले एउटा क्षेप्यास्त्र रोकेको जनाएको छ ।

आक्रमण भइरहेकै बेला शुक्रबार युद्धविराम वार्ताको प्रयास पुनः सुरु हुने अपेक्षा गरिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले मोसाद गुप्तचर एजेन्सी, सिन बेट आन्तरिक सुरक्षा एजेन्सी र सेनाको प्रतिनिधिमण्डललाई कतारमा वार्ता जारी राख्न अधिकार दिएको बताएको छ । प्रतिनिधिमण्डल शुक्रबार कतारका लागि प्रस्थान गर्दैछ ।

अमेरिकाको नेतृत्वमा भएका वार्ताहरू १५ महिने युद्धको अवधिमा पटक–पटक रोकिएका छन् । हमास नेतृत्वका लडाकुहरूले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणबाट युद्ध सुरु भएको थियो ।

लडाकुहरूले अधिकांश सर्वसाधारण गरी करिब एक हजार दुई सय जनाको हत्या गरेका थिए र करिब २५० जनालाई अपहरण गरेका थिए । गाजामा अझै करिब १०० बन्धक छन् । तीमध्ये कम्तीमा एक तिहाइ मृत भएको विश्वास गरिएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी कारबाहीमा गाजामा ४५ हजार पाँच सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । यसमा आधाभन्दा बढी महिला र बालबालिका छन् । मन्त्रालयले आफ्नो तथ्यांकमा नागरिक र लडाकुबीच भिन्नता देखाउँदैन ।

हमासका लडाकुहरू घना आवासीय क्षेत्रमा काम गर्ने भएकाले इजरायली सेनाले आफूले लडाकुहरूलाई मात्र लक्षित गर्ने र नागरिक मृत्युको जिम्मेवारी हमासलाई दिने गर्छ । सेनाले प्रमाण नदिई १७ हजार लडाकु मारेको दाबी गरेको छ ।

युद्धले व्यापक विनाश गरेको छ र गाजाका २३ लाख जनसंख्याको ९० प्रतिशतलाई विस्थापित गरेको छ । तीमध्ये धेरै एकभन्दा बढी पटक विस्थापित भएका छन् । रासस/एपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  २२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro