site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्को अधिवेशन आह्वान नभए माओवादीले सरकारलाई दबाब दिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संघीय संसद्को अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटीको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले सरकारले नियतवश संघीय संसद्को अधिवेशन आह्वान नगरेको निष्कर्ष निकालेको जानकारी दिए ।

माओवादीले संसद्‌मा रहेका सबै दलसँग छलफल गरेर दबाब सिर्जना गर्ने तयारी गरेको छ । उनले संसद् छलेर सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको पनि बताए ।

Dabur Nepal
NIC Asia

सापकोटाका अनुसार, बैठकमा ३० जना स्थायी कमिटी सदस्यले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मौखिकरूपमा राखेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए । उनीहरूले समसामायिक परिस्थिति, पार्टी रूपान्तरण, अहिलेको सरकारको क्रियाकलापबारे, संविधान संशोधनबारे धारणा सापकोटाको भनाइ छ । उनीहरूले समाजवादी विचारधारको विकासका लागि सबै पालिकाहरूमा समाजवादका आधारशीला खडा गर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा प्रचण्डले देशका सबै तहका जनतामाझ पुगेर समस्या बुझ्ने गरी विभिन्न अभियान सञ्चालन गर्ने र त्यसमा अध्यक्षसहित सबै केन्द्रीय नेतासमेत सहभागी हुने बताए ।

स्थायी कमिटी बैठक शनिबार पनि बस्ने तय भएको छ । पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको तयारीका लागि माओवादीको स्थायी कमिटीको बैठक निरन्तर बसिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro