site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)को आयोजनामा हुने एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ । १९औँ संस्करणको अवार्ड वितरण कार्यक्रम शनिबार काठमाडौंको तारकेश्वर नगरपालिकास्थित मनमैजु मन्दिर हातामा हुने खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए ।

विभिन्न विधामा ३६ जनालाई अवार्ड प्रदान गरिने छ । चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलबाट त्यत्तिनै संख्यामै खेलाडीलाई पुरस्कृत गरिने छ । सम्बन्धित खेल संघको सिफारिसमा सम्मानित हुने खेलाडीले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

Dabur Nepal
NIC Asia

यिनै २९ खेलाडीबाट समान एक पुरुष/महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित समान एक लाख नगदबाट सम्मान गरिने छ । समान  एक पुरुष/महिला खेलाडीलाई प्रतिभाशाली खेलाडी सम्मानसहित जनही ५० हजार नगद प्रदान गरिने छ ।

पाका खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व र एनएनआईपीए खेल पत्रकारिता पुरस्कार स्वरुप समान एक जनालाई जनही ३५ हजार नगदबाट सम्मान गरिने छ । एक वर्ष उत्कृष्ट पारा खेलाडी सम्मानवापत १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । अवार्डका लागि तारकेश्वर नगरपालिका र खेलाडी संघबीच सम्झौता भइसकेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  २२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro